काठमाडौं, ९ साउन ।आर्थिक वर्ष २०७९/८० मा निर्यात २१.४४ प्रतिशतले घटेको छ। २०७८/७९ मा २ खर्ब ३ करोड ६ लाख ९२ हजार रुपैयाँको निर्यात भएको थियो भने गत आर्थिक वर्ष १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजारको मात्र निर्यात भएको हो।
भन्सार विभागकाे तथ्यांकअनुसार २०७९/८० मा आयातमा पनि कमी आएको छ। २०७८/७९ मा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजारको आयात भएकोमा गत आर्थिक वर्ष १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजारको आयात भएको हो।
गत आर्थिक वर्ष व्यापार घाटामा १५।४५ प्रतिशत ह्रास आएको छ। २०७८/७९ मा व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार भएको थियो भने गत आर्थिक वर्ष १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजारमात्र भएको छ।
त्यसैगरी यो वर्ष वैदेशिक व्यापारमा पनि १६.५८ प्रतिशतले गिरावट आएको छ। २०७८/७९ मा वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख ११ हजार भएको थियो भने गत आर्थिक वर्ष १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख ६५ हजारको मात्र भएको छ।











