ऋण लिनेहरूको ‘प्यान’ व्यवस्था हेरफेर, ५० लाखको सीमा घट्न सक्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडाैं, ७ साउन ।बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा ऋणीले अनिवार्यरूपमा लिनुपर्ने स्थायी लेखा नम्बर (प्यान) को व्यवस्था परिवर्तन हुने भएको छ। राष्ट्र बैंकले चालू मौद्रिक नीतिमार्फत प्यानसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने व्यवस्था गरेको हो।

यसअघि ५० लाख रुपैयाँभन्दा बढीको कर्जा लिने ऋणीले अनिवार्य प्यान नम्बर पेस गर्नुपर्ने व्यवस्था थियो। वैध आय अझ कसिलो बनाउन राष्ट्र बैंकले ऋणीको प्यानसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्न त्यसलाई चालू वर्षको बजेटले पनि समेटेको थियो।

ययसबाट न्यून आम्दानी भएर अधिक ऋण लिन खोज्ने वर्ष निरुत्साहित गर्न वा अहिलेको सीमा बढाएर कम आम्दानी भएकालाई थप ऋण उत्साहित गर्ने कुन विधि अवलम्बन गर्ने भन्ने विषय राष्ट्र बैंकले जारी गर्ने निर्देशनमार्फत मात्रै पत्ता लाग्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्