महिला विश्व कप फुटबलमा आज तीन खेल : नाइजेरिया र क्यानडाबीचको खेल चल्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ साउन । फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । अहिले नाइजेरिया र क्यानडाबीचको खेल चलिरहेको छ ।

नाइजेरिया र क्यानडा समूह ‘बी’ मा रहेका छन् । आजको दोस्रो खेलमा समूह ‘ए’ को फिलिपिन्स र स्विट्जरल्यान्ड बिहान पौने ११ बजे र आजको तेस्रो खेलमा समूह ‘सी’ को स्पेन र कोस्टारिकाबीच दिउँसो सवा एक बजे खेल हुनेछ ।

हिजोदेखि शुरु भएको महिला विश्व कपमा आयोजक अस्ट्रेलिया र न्युजिल्यान्डले विजयी सुरुवात गरेका छन् । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्