एपीएफ एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको फाइनलमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २९ असार । सशस्त्र प्रहरीको एपीएफ क्लब एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको महिलातर्फ फाइनलमा पुगेको छ ।

लिग चरणको अन्तिम खेलमा न्यू डायमन्ड क्लब नेपाल पुलिस क्लबसँग पराजित हुँदा अङ्क तालिकामा दोस्रो हुँदै एपीएफ क्लबको महिला टोली फाइनल प्रवेश गरेको हो । न्यू डायमन्ड पुलिससँग २५–२०, २५–१४ र २५– १७ को सोझो सेटमा पराजित भएको हो ।

अब फाइनलमा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस खेल्नेछन् । यसअघि नै फाइनलमा पुगिसकेको पुलिस लिग चरणमा अविजित रह्यो । पुलिस ५ खेलमा १५ अङ्कसहित शीर्ष स्थानमा छ । एपीएफ समान ५ खेलमा ४  मा जित र एकमा हारसहित ११ अङ्कको साथमा फाइनल पुगेको हो ।

न्यू डायमन्डले ५ खेलमा ३ जित र २ हारसहित ८ अङ्क  बनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्