थाईल्यान्डलाई हराउदै नेपाल सेमिफाइनलमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ,  १३ असार । मलेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट रिजनको पहिलो खेलमा नेपालले थाईल्यान्डमाथि सानदार जित निकालेको छ ।

मलेसियाको बांगीमा भएको खेलमा नेपाल २ सय २५ रनको फराकिलो अन्तरले विजयी भएको हो ।

पहिलो जितसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । पराजित थाईल्यान्ड भने प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ ।

थाईल्यान्ड पहिलो खेलमा घरेलु टोली मलेसियासँग पराजित भएको थियो ।

नेपालले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको मलेसिया १३ दशमलब २ ओभरमा ४४ रन बनाउँदै अलआउट भयो।

थाईल्यान्डका लागि ईसान बेर्नोजीले १६ तथा ओपनर डानुफोनले १२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

थाईल्यान्डका सात खेलाडी शुन्य रनमा आउट भए ।

नेपालका लागि सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिए । सन्तोषले ३ दशमलब २ ओभरमा ८ रन खर्चेर ५ विकेट लिए । अशोक धामीले ३ तथा कप्तान अभिसेक तिवारीले २ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो ।

नेपालका लागि निरज कुमार यादव र नरेन भट्टले अर्धशतकीय ईनिङ खेले । यादवले ४३ बलमा सर्वाधिक ७४ रनमा बनाए ।

नेपाललाई ओपनरद्वय यादव र सुर्यांशु कोइरालाले १३ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । सुर्यांशुले ५५ बलमा  ४० रनमा आउट भए ।

नरेन भट्ट ४३ बलमा ५ चौकासहित ५५ रनमा अविजित रहे । सन्तोष यादव ३६ बलमा ४२ रनमा आउट भए ।

थाईल्यान्डका निटपाखन मनुवुन, ईशान बानेर्जी र पनुवातले समान २/२ विकेट लिए तथा जित साद र पियावत नोद्रीले समान१/१ विकेट लिए ।

प्रतियोगितामा सात टोलीको सहभागीता रहेको छ । सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया छन् ।

नेपालले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । सेमिफाइनल ३ जुलाई र फाइनल ४ जुलाईमा हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्