काठमाडौं, १० असार । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १० करोड ५० लाख रूपैयाँ बजेट ल्याएको छ ।
आइतबार उपप्रमुख सरिता तिमल्सिना भट्टराईले प्रस्तुत गरेको बजेटमा पूँंजीगत तर्फ १ अर्ब ११ करोड ९२ लाख ३३ हजार र चालू तर्फ ९८ करोड ५७ लाख विनियोजन भएको छ ।











