काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल पाँचौँ खेलमा पनि पराजित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाण्डौं, असार ८ । किर्गिस्तानमा भइरहेको काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल लगातार पाँचौँ खेलमा पनि पराजित भएको छ ।

किर्गिस्तानमा भएको खेलमा नेपाल किर्गिस्तानको दोस्रो टोलीसँग ३–२ को सेटमा पराजित भएको हो ।

नेपाल यसअघि तुर्केमिनिस्तान, मङ्गोलिया, किर्गिस्तान र इरानसँग पराजित भएको थियो । अब नेपालले अन्तिम खेलमा आइतवार उज्वेकिस्तानसँग खेल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्