काठमाण्डौ, असार ६ । साफ च्याम्पियनशिप २०२३ अन्तर्गत पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको छ ।
भारतको बेङ्गलोरमा रहेको कन्तिराभा रङ्गशालामा आज भएको खेलमा नेपाल कुवेतसँग पराजित भएको हो । पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खायो ।
कुवेतका लागि कप्तान खालेद हजियाले खेलको २३ औँ, शाइबाइबा अल्खाल्दीले ४१ औँ र मोहम्मद अब्दुल्लाहले ६५ औँ मिनेटमा गोल गरे । नेपालका अञ्जन विष्टले ६८ औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।











