ओमानले नेपाललाई दिए २ सय ६८ रनको लक्ष्य

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाण्डौ, जेठ ३१ । आईसीसी एकदिवसीय विश्व कप छनोटअघि अभ्यास खेलमा ओमानले नेपाललाई २ सय ६८ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको हरारेमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९ ओभर २ बलमा २ सय ६७ रनमा अलआउट भयो । ओमानका जेशान मक्सूदले १ सय ९ रन बनाए । बलिङतर्फ नेपालको सोमपाल कामीले ५ र सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै करण केसी र प्रतिश जिसीले १र१ विकेट लिए ।

यसअघि अस्ति मङ्गलवार भएको अभ्यास खेलमा नेपाल यूएईसँग पराजित भएको थियो । यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्