कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर लगाएको -अर्थमन्त्री महत

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले स्थानीय उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर लगाइएको बताउनुभएको छ ।

बिहीबार सिंहदरबारमा नेपाल कृषि मेसिनरी व्यवसायी संघ, कृषक संघ लगाएत कृषकहरुसंगको सामूहिक भेटका क्रममा अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्ने र कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा कर लगाइएको बताउनुभएको हो । उहाले कर कारण स्वदेशी उत्पादनमा नभई आयातित बस्तुमात्रै महङ्गो हुने र स्थानीय उत्पादनलाई असर नपर्ने जिकिर गर्नुभयो ।

अर्थमन्त्री महतले करको दर लागू नहुदै सुनियोजित रुपमा केहि संगठित व्यक्तिहरुले मूल्यबृद्धि गरेको बताउनुभयो । उहाले उत्पादनका आधारमा अनुदान दिने, गुरु किसान कार्यक्रम लगाएतका बिषयहरुलाई बजेटले प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

भेट क्रममा प्रतिनिधिहरुले आन्तरिक उत्पादनको संरक्षणको लागि सरकारको कदम स्वागतयोग्य भएको भन्दै यस क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्