प्रदेश र स्थानीय सरकारलाई सशर्त अनुदान दिइने

न्युज कारखना
  • ख-
  • ख
  • ख+

काठमाडौं– संघीय सरकारले प्रदेश र स्थानीय सरकारका लागि सशर्त अनुदान दिने भएको छ।

आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त योजनाका लागि २ खर्ब २७ अर्बमाथि विनियोजन गरिएको बताए।

सशर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई  १ खर्ब ९१ अर्ब ८९ करोड गरी जम्मा २ खर्ब २७ अर्ब ६१ करोड विनियोजन गरिएको उनले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्