भारतले जित्याे काभा महिला भलिबलकाे उपाधि

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ,  १४ जेठ । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपकाे उपाधि भारतले जितेकाे छ । आज आइतवार त्रिपुरेश्वरकाे कभर्ड हलमा भएकाे फाइनलमा काजकिस्तानलाई हराउँदै भारतले उपाधि जितेकाे हाे ।

भारतले काजकिस्तानलाई ३–० काे साेझाे सेटमा हरायाे । भारतले पहिलाे सेट २५–१५, दाेस्राे सेट २५–२२ र तेस्राे सेट २५–१८ ले जित्याे । याेसँगै भारतले अपराजित रहँदै प्रतियाेगिता सकेकाे छ ।

प्रतियाेगितामा काजकिस्तान उपविजेता बन्दा, नेपाल तेस्राे, उज्बेकिस्तान चाैथाे, श्रीलङ्का पाँचौँ, किर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ भएका छन् । प्रतियाेगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएकाे हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्