काठमाडौं, १ वैशाख । गभर्नर महाप्रसाद अधिकारीले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ ।
सोमवार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशालासम्बन्धी कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकार र बजारले वित्त नीतिभन्दा पनि मौद्रिक नीतिमा बढी अपेक्षा गरेको बताउनुभयो । मौद्रिक नीतिबाट सरकारले धेरै अपेक्षा गरे पनि मौद्रिक नीतिमा सीमितता रहेकाले सबै अपेक्षा समेट्न नसक्ने उहाँकाे भनाइ थियाे ।
गभर्नर अधिकारीले देशको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको बताउनुभयो । उहँले बैंक तथा वित्तीय क्षेत्रमा नीति र नियमनका कारण यो वर्ष बाह्य क्षेत्रमा सहज रहे पनि आउँदाे दिनमा चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारलाई अर्थतन्त्रलाई लयमा ल्याउनका लागि ठूलो चुनौती वित्त नीतिमा देखिएको बताउनुभयो ।
गभर्नर अधिकारीले सरकारले राजस्व सङ्कलन वृद्धि, करको दायरा बढाउने र भन्सारमा पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।











