ए डिभिजन लिगमा मछिन्द्र क्लवसँग थ्रीस्टार क्लव पराजित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, बैशाख ३० । सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लवले थ्रीस्टार क्लवलाई पराजित गरेको छ ।

शनिबार ललितपुरस्थीत च्यासल मैदानमा भएको खेलमा मछिन्द्रले थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रका लागि एक मात्र निर्णायक गोल जापानी खेलाडी युता सुजुकीले खेलको दशौं मिनेटमा गरेका थिए । जितपछि मछिन्द्रको २७ अंक भएको छ । थ्रीस्टारको २५ अंक रहेको छ ।

यस्तै शनिबार नै दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ । आर्मीसंगं पराजित भएपछि चर्च ब्वाइज शिर्ष स्थानमा पुग्न असफल रह्यो । खेलको ४४ औं मिनेटमा जिलेस्पी जंग कार्कीले आर्मीका लागि गोल गरेका थिए । जीतसंगै आर्मीको १७ खेलमा २४ अंक छ । चर्च ब्वाइज १७ खेलमा ३० अंक जोड्दै दोस्रो स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्