आईपीएलमा गुजरात र मुम्बइ भिड्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २९ वैशाख । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार एक खेल हुँदैछ ।

शुक्रबार मुम्बई इन्डियन्स र गुजरात टाईटन्स भिड्नेछन् । यो खेल मुम्बईको घरेलु मैदान वांनखडेमा नेपाली समयअनुसार बेलुका पौने ८ बजेबाट हुनेछ ।

यी दुवै टोली सिजनमा दोस्रो पटक भिड्न लागेका हुन् । सिजनको पहिलो खेलमा गुजरात ५५ रनले विजयी भएको थियो ।

मुम्बई यस खेल जितेर प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छ । गुजरात पनि यस खेल जितेर प्लेअफमा स्थान बनाउने पहिलो टोली बन्न चाहन्छ ।

मुम्बई चौथो स्थान र गुजरात तालिकाको शीर्ष स्थानमा रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्