आज पनि शेयर बजार राताम्मे, ८२ करोड ४२ लाख रुपैयाँको कारोबार

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २५ वैशाख । शेयर बजार आज साेमवार पनि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । हिजो आइतवार १९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९२ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ७० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ । दुई सय ७० वटा कम्पनीका २८ लाख १० हजार कित्ता शेयर ८२ करोड ४२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज इस्टर्न हाइड्रोपावर कम्पनीका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशत गुमाएका छन् । समग्रमा बजार राताम्मे भएको दिन आज विन नेपाल लघुवित्तको शेयर आठ प्रतिशत र आत्मनिर्भर लघुवित्तको शेयर छ प्रतिशतले बढेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्