एसीसी प्रिमियर कपमा हङकङकाे विजयी सुरुवात

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ५ वैशाख । एसीसी प्रिमियर कपमा हङकङले विजयी सुरुवात गरेकाे छ । आज  मुलपानी क्रिकेट मैदानमा भएकाे खेलमा हङकङले सिङ्गापुरलाई ८ विकेटले हरायाे ।

सिङ्गापुरले दिएकाे १ सय ७५ रनकाे लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाएर भेटायाे । हङकङका लागि बाबर हयातले नटआउट १ सय ८ र कप्तान निजाकत खानले ५१ रन बनाए । बलिङतर्फ सिङ्गापुरका रमेश कालीमुथु र कप्तान अरित्र दत्तले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेकाे सिङ्गापुर ४२ ओभर १ बलमा १ सय ७४ रन बनाउँदा अलआउट भयाे । सिङ्गापुरका लागि अरित्र दत्तले सर्वाधिक ४९ रन बनाए । बलिङतर्फ हङकङका एहसान खानले ४ र यासिम मुर्तजाले ३ विकेट लिए ।

एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मूलपानीमा खेल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्