सहिद स्मारक ए डिभिजन लिग : संकटासँग एनआरटी पराजित

न्युज कारखना
  • ख-
  • ख
  • ख+

काठमाडौं, २९ चैत । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएको खेलमा संकटा क्लबले न्यु रोड टिम (एनआरटी)लाई पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा संकटाले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

संकटाका लागि जुनिअर ओंगुने एनकुंगे र फरवार्ड मनिष डाँगीले गोल गर्दा एनआरटीका निकोलसले गरेको एक सान्तवनामा सीमित रह्यो ।

 

यस जितसँगै संकटा ८ खेलमा ३ जित, ३ बराबरी र २ हारसँगै १२ अंकका साथ सातौं स्थानमा रहँदा एनआरटी ६ अंक जोड्दै ११ औं स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्