ए डिभिजन लिगः पुलिसको पहिलो जित,चर्च ब्वाइज र एपीएफले अंक बाडे

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २७ चैत ।   राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेड र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइज र एपीएफले गोल रहित बराबरी खेलेका छन् । यस बराबरीसँगै चर्च ब्वाइजले ७ खेलमा १३ अंक जोडेको छ ।

एपीएफले ७ खेलमा ११ अंक जोडेको छ । त्यस्तै सोमबार नै भएको खेलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै पुलिसले पहिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै पुलिसले पहिलो जित निकालेको हो । पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गरे ।

विदेशी खेलाडी मोसेसले एक गोल थपे । फ्रेन्ड्सका टोरिक जेब्रिनले एक गोल फर्काए । जितसँगै पुलिसले ७ खेलमा ४ अंक जोडेको छ । फ्रेन्ड्सले पनि ७ खेलमा ४ अंक जोडेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्