आईपीएलमा आज दुई खेल हुँदै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २५ चैत ।  इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा शनिबार दुई खेलहरु हुँदैछन् ।

पहिलो खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच दिउँसो पौने ४ बजे गोहावाटीमा प्रतिस्पर्धा हुनेछ ।

राजस्थान दोस्रो तथा दिल्ली पहिलो जितको खोजीमा रहने छन् ।

त्यस्तै, दोस्रो खेलमा चेन्नाई सुपर किंग्स र मुम्बई ईन्डियन्सबीच राति पौने ८ बजे वांनखडे क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुनेछ ।

चेन्नाई दोस्रो तथा मुम्बई पहिलो जितको खोजीमा रहने छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्