आज घट्यो सुनचाँदीको भाउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ चैत । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजाे एकैदिन २ हजार रुपैयाँले बढेर एतिहासिक रेकर्ड राखेको सुन आज  भने तोलामा ८००  रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८००  रुपैयाँले घटेर १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ६५० सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, हिजाे छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १४ सय ३५ रुपैयाँ कायम भएको छ । हिजाे चाँदीको भाउ प्रतितोला १४ सय ४० रुपैयाँ कायम रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्