निर्वाचनका लागि सोमबार मनोनयन दर्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० चैत ।  आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाका रिक्त क्षेत्रको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गरिएको छ ।

चितवन–२, तनहुँ–१ र बारा–२ मा बिभिन्न दलका उम्मेद्वारहरुले मनोनयन दर्ता गरेका हुन् । यसैबीच चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गर्नुभएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले आफु पुनः निर्वाचनमा उम्मेदवारी दिदा उत्साहित भएको प्रतिक्रिया दिनुभयो । निर्वाचनलाई निर्वाचनकै रुपमा लिनुपर्ने भन्दै जनताप्रति आशावादी रहेको उहाले बताउनुभयो ।

उहाले निर्वाचन स्वच्छ र स्वस्थ प्रतिस्पर्धामा होस् भन्ने चाहना रहेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्