युरो–२०२४ छनोटमा इंग्ल्याण्डको दोस्रो जीत

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १३ चैत । इंग्ल्याण्डले युरो २०२४ छनोटमा लगातार दोस्रो जित निकालेको छ।

युक्रेनमाथि २–० को सहज जित निकाल्दै इंग्ल्याण्डले दोस्रो जीत निकालेको हो ।  वेम्बलीमा गएराति भएको छनोट खेलमा इङ्ल्याण्डको जितमा ह्यारी केन र बुकायो साकाले गरेको १–१ गोल नै काफी हुन पुग्यो ।

खेलको पहिलो हाफको ३७ औं मिनेटमा केनले गोल गर्दै इङ्ल्याण्डलाई सुरूआती अग्रता दिलाएका थिए भने त्यसको तीन मिनेटपछि हेन्डर्सनको पासमा साकाले गोल गर्दै इङ्ल्याण्डलाई पहिलो हाफमै २–० को अग्रता दिलाए।

यता लगातार दोस्रो जित निकालेको इङ्ल्याण्डले समूह सीमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ भने यसअघि इङ्ल्याण्डले पहिलो खेलमा इटालीलाई हराएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्