तिलोत्तमा गोल्डकपमा आज मनाङ मर्स्याङ्दी र फ्रेण्ड्स क्लब खेल्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडाै‌ं, ९ चैत । बुटवलमा भइरहेकाे तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज हुने अन्तिम सेमिफाइनलमा मनाङ मर्स्याङ्दी र फ्रेण्ड्स क्लब खेल्दैछन् ।

दिउँसो ३ बजे देविनगरमा रहेको एन्फा टेक्निकल सेन्टरमा हुने खेलको विजेताले शनिवार उपाधिका लागि सुदूरपश्चिम-११ सँग खेल्दैछ ।

मनाङ नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लब सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् ।

हिजाे थ्री स्टारलाई १-० ले हराउँदै सुदूरपश्चिम ११ पहिलो पटक तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको हाे । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियाे ।

उपाधि विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद प्राप्त गर्नेछन् । विधागत रुपमा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्