काठमाडौं, ९ चैत । साताको पाँचौ दिन आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे प्रतितोला एक लाख ७ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १२ सय रूपैयाँले बढेर एक लाख ९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि आज २५ रूपैयाँले बढेर १ हजार ३ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।











