सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबकोे दोस्रो जित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, चैत्र १ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले दोस्रो जित निकालेको छ ।

बुधबार ललितपुरस्थीत च्यासल मैदानमा टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले हराउँदै एपीएफले दोस्रो जित निकालेको हो । एपीएफको जितमा मणि कुमार लामाले निर्णायक गोल गरे ।

खेलको ३७ औं मिनेटमा मणिले निर्णायक गोल गरेका हुन् । जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ५ अंक जोडेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्