घरेलु मैदानमै सालेरनिटानासँग बराबरीमा रोकियो मिलान

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ, ३० चैत । एसी मिलान इटालियन सिरी ‘ए’ मा मिलान सालेरनिटानासँग बराबरीमा रोकिन पुगेको छ ।

घरेलु मैदानमा मिलान सालेरनिटानासँग १–१ गोलको बराबरी रोकिन पुगेको हो ।सोमबार राति भएको खेलमा मिलानले पहिलो हाफको पहिलो मिनेटमा स्माइल बेनाकरको पासमा ओलिभर जिरुडको गोलबाट अग्रता लिएको थियो तर त्यो अग्रतालाई मिलानले दोस्रो हाफमा बचाउन सकेन ।

६१औं मिनेटमा सालेरनिटानाका बोउला डियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै मिलानले तेस्रो स्थानमा उक्लने मौका गुमाउँदा ४८ अंक जोडेर चौथो स्थानमा छ । सालेरनिटाना २६अंक जोडेर १६औं स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्