ए डिभिजन लिगमा खुमलटार र थ्री स्टार विजयी

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २९ फागुन । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज साेमवार भएका खेलमा एफसी खुमलटार र थ्री स्टार क्लब विजयी भएका छन् ।

च्यासल मैदानमा भएको खेलमा खुमलटारले हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले हरायो । खुमलटारका लागि स्टेफन समिर र मनिष थापाले गोल गरे । हिमालयन शेर्पाका लागि विश्वास श्रेष्ठले गाेल गरे ।

अङ्क तालिकामा खुमलटार ४ खेलमा ६ अङ्कसहित पाँचाैँ स्थानमा छ । उति नै खेल खेलेकाे हिमालयन शेर्पाको ४ अङ्क छ ।

यस्तै अर्को खेलमा थ्री स्टार क्लबले सातदोबाटो युथ क्लबलाई १–० गोलले हरायो । थ्री स्टारका आदित्य शाक्यले गोल गरे ।  सातदोबाटो ४ खेलमा ९ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ  । थ्री स्टारले ४ खेलमा ७ अङ्कसहित चाैथाे स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्