काठमाडौं, फागुन २८ ।मगर कथानक चलचित्र “उखान” यहीँ मिति २०७९ चैत्र १८ गते शनिबार राष्ट्रिय नाचघर, काठ्माण्डौको जमलमा र चैत्र २५ गते शनिबार पोखरा १० बिरेन्द्रचोक, रामबजारमा च्यारिटि शो हुने भएको छ।
मगरहरु को लोप भैरहेको भाषा, कला र सास्कृतिलाई मध्यनजर गर्दै निर्माण भएको उखानलाई एक पटक हेर्नै पर्ने चलचित्र निर्देशक प्रकाश कुमार दर्लामीले हामिलाई बताएको हो।
यस चलचित्रमा छुट्टै किसिमको मसलेदार कथा र चर्चित कलाकारहरु को पनि अभिनय रहेको छन्। मगरहरु को भाषा कसरी लोप भयो ?, मामाको छोरीलाई चेलीको छोराले मात्र होईन माउली खलकले पनि हक जमाउने गर्दछ, भन्ने चलनलाई खुलाएर बनेको चलचित्रमा बिशेष गरी भाषा, कला र सास्कृतीको संरक्षण गरौ! र बिस्वभरीको मगर हरु एक हौ, भन्ने सन्देस दिन खोजेका छन्। “उखान” बिशेष गरी नेपाली भाषामा निर्माण हुनुको मुख्य कारण बिश्व भरीका मगरहरु ले सजिलै बुझ्न सकोस र प्रत्येक मगरहरु ले यस चलचित्रलाई हेरिसकेसी आफ्नो मौलिकतालाई पछ्याउँदै जानेछ भनी निर्माता टोली टेक बहादुर अस्तानी, देब कुमार दर्लामी, मेक बहादुर आले ले बताएका हुन्।
यस चलचित्रको छायांकन सुजन श्रेष्ठले गरेका हुन् भने, सम्पादन युबराज खत्रीले गरेका हुन् ।
Action films pvt. ltd. को ब्यानर बाट तयार भएको चलचित्रमा कबिता आले, खड्ग बहादुर पुन (खबपु), रिमा काउचा मगर, प्रकाश कुमार दर्लामी, काजिमान पुलामी, हेमा पुन र धनमाया सोतीमगर को मुख्य भुमिका रहेको छ भने मेक बहादुर आले, बलबिक्रम थापा, लक्ष्मी श्रेष्ठ, साबित्री राना, शंकर सुनुवार, दिपक योगी, नन्द कुमारी एस्माली, रुपक योगी, प्रबिण राई, सुर्य ब. थापा, निर्मला पुन, युबराज खत्री, सर्मिला राना, सुनिता बुढा, उषा अर्मजा मगर, आर्यन लामा तामाङ, राजेस गोसाइँ, प्रेम एस्माली, ध्वज मगर, संगीता थापा मगर, लगायत धेरै कलाकारहरु को दमदार अभिनय रहेको छन्।
टेक बहादुर अस्तानी र देव कुमार दर्लामीको लगानीमा बनेको चलचित्रमा मेक बहादुर आले, निर्मला थापामगर र सुनिता आलेले सहयोग गरेका छन्। प्रकाश कुमार दर्लामीको कथा/निर्देशनमा तयार भएको चलचित्र उखानमा दिनेस परियार र दर्लामीकै संगीत रहेका छन् भने सागर आले मगर, तुलसी घर्ति मगर र डेनिस थापा मगरको स्वर रहेका छन्।












