राष्ट्रिय सभाको बैठक ८ चैतमा

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, २८ फागुन । सोमबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक १० दिनपछि बस्ने गरी सारिएको छ ।

सोमबार दिउँसो १ः०१ बजे बस्ने गरी डाकिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवस १० दिनपछि बस्ने गरी सारिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिएका छन् ।  सचिव फुयालका अनुसार सोमबारका लागि बोलाइएको बैठक अब ८ चैत बुधबार दिउँसो १ः०१ बजे बस्नेछ ।

यसबारे फुलालले जारी गररेको सूचना :

मिति २०७९ साल फागुन २९ गते सोमबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा २०७९ साल चैत ८ गते बुधबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

राजेन्द्र फुयाल
राष्ट्रिय सभाको सचिव

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्