ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबकोे बराबरी

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, फागुन २८ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् ।

आइतबार च्यासल मैदानमा भएको खेलमा एनआरटी र आर्मीले ३–३ गोलको बराबरी खेलेका हुन् । खेलको १५ औं मिनेटमा नवयुगले पेनाल्टीबाट गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५२ औं मिनेटमा लालनुनजामाले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए । ५७ औं मिनेटमा जिन एन्सर एमबोउमिले पेनाल्टीबाट गोल गर्दा एनआरटी २–१ ले अघि रह्यो ।

खेलको ६२ औं मिनेटमा लालनुनजामाले व्यक्तिगत दोस्रो गोल गर्दा एनआरटी ३–१ ले अघि रह्यो । तर खेलको ६८ औं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई ३–२ को स्थितिमा ल्याए । खेलको ८६ औं मिनेटमा दिनेश हेन्जनले फ्रिकिकमार्फत गोल गर्दै आर्मीलाई ३–३ गोलको बराबरीमा ल्याए । बराबरीसँगै एनआरटीले ३ खेलमा १ अंक जोडेको छ । आर्मीले ३ खेलमा ५ अंक जोडेको छ ।

त्यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार मनाङ मस्र्याङदी क्लब र मछिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । यस बराबरीसँगै कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङले ३ खेलमा ५ अंक जोडेको छ । साविक विजेता मछिन्द्रले भने पहिलो अंक जोडेको छ । मछिन्द्रले ३ खेलमा १ अंक जोडेको छ । प्रतियोगीता अन्तर्गत सोमबार हिमालयन शेर्पा र खुमलटार क्लव तथा थ्री स्टार र सातदोवाटोबीच प्रतिष्पर्धा हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्