दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन २६ । दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।

राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालको आयोजनामा आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान भन्ने नारा दिइएको सम्मेलन दुई दिनसम्म चल्नेछ । अर्थतन्त्रका समसामयिक मुद्दाहरूमा बहस चलाई समाधानका उपायसहित सरकार, राजनैतिक दलहरू तथा नीति निर्माणमा संलग्न निकायहरूलाई कार्यान्वयनको लागि सुझाव दिने उद्देश्यका सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएको छ ।

सम्मेलनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मुलुकका देखिएको आर्थिक समस्याका बारेमा निष्कर्षमा पुगेर अर्थशास्त्रीहरुले राज्यलाई आवश्यक सुझाव दिनुपर्ने बताउनुभयो । उहाले मुलुकको आर्थिक क्षेत्रमा सरोकारवाला निकायहरुले आर्थिक अवस्थाका बारेमा यकिन तथ्याङ्क दिनुपर्ने जिकिर गर्नुभयो ।

त्यस्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्वका केहि देशहरुको तुलनामा नेपालको अर्थव्यवस्था नराम्रो नरहेपनि चूनौति भने रहेको बताउनुभयो । कोरोनाका बर्ष केहि नकारात्मक सूचक देखिएपनि अहिले धेरै क्षेत्रमा सकारात्मक सूचक देखिएको उहाको भनाइ छ । गभर्नर अधिकारीले संरचनागत बिषयमा प्रसस्त सुधार गर्नुपर्ने देखिएको धारणा राख्नुभयो ।

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले जलविधुतमा निजि क्षेत्र आएपछि धेरै बिकास भएपनि व्यापार बढाउन नसकिएको बताउनुभयो । पहिचान भइसकेका बिषयको बिकासका लागि बाधा अवरोध हटाउन नकिएको उहाको भनाइ छ ।

सम्मेलनको पहिलो दिनको समसामयिक विषयहरुमा कार्यपत्रहरु प्रस्तुत भएको छ । सम्मेलनमा अर्थशास्त्रीहरू, बैंकर्स एसोसिएसनका प्रतिनिधि, उद्योग वाणिज्य महासङ्घ नेपाल, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष लगाएतको सहभागीता रहेको छ ।

सम्मेलनमार्फत लगानीमैत्री वातावरण निर्माण, स्वदेशी उद्योगको प्रवर्द्धनमा र सूचना प्रविधि क्षेत्रमा टेवा पु¥याउन अर्थतन्त्रका विभिन्न विषयवस्तुमथि छलफल गरेर निष्कर्ष निकालिने आयोजकले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्