सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लबको लगातार दोस्रो जित

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, फागुन २४ । राजधानीमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लबले लगातार दोस्रो जित निकालेको छ ।

ललितपुरस्थीत च्यासल मैदानमा बुधबार भएको खेलमा विभागीय टोली एपीएफ क्लबलाई १–० गोल अन्तरले हराउँदै सातदोबाटोले लगातार दोस्रो जित निकालेको हो । सातदोबाटोको जितमा विलियम एसिडुले निर्णायक गोल गरे । खेलको ५५ औं मिनेटमा विलियमले गोल गरेका थिए । जितसँगै सातदोबाटोले २ खेलमा ६ अंक जोडेको छ । एपीएफको यो पहिलो हार हो । पहिलो खेलमा एपीएफले थ्री स्टारलाई हराएको थियो ।

त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै हिमालयनले पहिलो जित निकालेको छ । हिमालयनको जितमा डिफेन्डर अमृत श्रेष्ठले निर्णायक गोल गरे । जितसँगै हिमालयनले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा हिमालयनले मनाङ मर्स्याङ्दी क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो ।

पुलिसको यो लगातार दोस्रो हार हो । पुलिसले २ खेलमा अंक जोड्न सकेको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्