बालुवाटारमा ८ दलको बैठक सुरू

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ फागुन । राष्ट्रपतिको निर्वाचनका लागि एक स्थानमा उभिएका आठ दलको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आठ दलको बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, राम पौडेल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, महन्थ ठाकुर, शरदसिंह भण्डारी, चित्रबहादुर केसीलगायतका नेताहरु सहभागी छन् ।

बैठकमा २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनसहितको विषयमा छलफल हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्