कैलाली, फागुन २० । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भाेली विश्वासको मत लिने हुनुभएकाे छ ।
मुख्यमन्त्री शाहले प्रदेश सभा सचिवालयलाई भाेली विश्वासको मत लिनका लागि आवश्यक व्यवस्थापन मिलाउन आग्रह गर्दै पत्र हिजाे पठाउनुभएकाे थियाे ।
सभामुख भीमबहादुर भण्डारीले भाेली दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी व्यवस्थापन भइरहेको जानकारी दिनुभयाे। भाेली दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी तयारी थालिएको उहाँले बताउनुभयाे ।
मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते नेकपा एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको संसदीय दलको नेताको हैसियतमा सोही दिन शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे ।











