प्रिमियर लिगमा म्याचेस्टरको ३–० को जीत

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडाैं, १७ फागुन । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रि–क्वारटफाइनलमा च्याम्पियनसिप क्लब ब्रिस्टल सिटीलाई ३–० ले पराजित गर्दै सिटी अघि बढेको हो ।एस्टन गेट ब्रिस्टलमा मंगलबार राति भएको खेलमा  फिल फोडेनले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए ।

७४औं मिनेटमा फोडेनले जुलियन अल्भारेजको पासमा दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे भने त्यसपछि ८१औं मिनेटमा केभिन डि ब्रुएनाले गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्