१९ वर्षमुनिको आईसीसी विश्व कपमा नेपालले हङकङलाई हरायाे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ फागुन ।  आईसीसी १९ वर्षमुनिको आईसीसी विश्व कप क्रिकेट एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हराएकाे छ ।

हङकङले दिएकाे १ सय २१ रनकाे लक्ष्य नेपालले २२ ओभर १ बलमा १ विकेट गुमाएर भेटायाे । नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ६४ रन बनाए । यस्तै उत्तम रङ्गु थापा मगरले ३९ रन बनाउँदा अर्जुन कुमाल १६ रन बनाएर आउट भए । बलिङतर्फ हङकङका ड्यानियल माेर्गन मापले १ विकेट लिए ।

यसअघि यूएईमा टस जितेर पहिले ब्याटिङ गरेकाे हङकङ ४६ ओभर ३ बलमा १ सय २० रन बनाउँदा अलआउट भयाे । हङकङका लागि पार्थ भगवतले सर्वाधिक ३६ रन बनाए । बलिङतर्फ नेपालका हेमन्त धामीले ३ तथा आकाश चन्द र सुवास भण्डारीले २/२ विकेट लिए ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन र कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । अङ्क तालिकामा नेपाल र यूएईकाे समान ६ अङ्क भए पनि नेट रनरेटकाे आधारमा यूएई शीर्ष स्थानमा र नेपाल दाेस्राे स्थानमा छ ।

प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कपका लागि छनोट हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्