काठमाडौं, १४ फागुन । पेरिस ओलम्पिक खेलकुदका लागि महिला फुटबलको एसिया छनोटको पहिलो चरण अन्तर्गत समूह ‘सी’ को छनोट नेपालमा आयोजना हुने भएको छ ।
समूह ‘सी’ मा नेपालसँगै भियतनाम र अफगानिस्तान रहेनु का साथै यस समूहबाट प्यालेस्टाइनले भने नाम फिर्ता लिएको छ । २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिकको छनोट अन्तर्गत समूह ‘सी’ को छनोट नेपालमा हुने जनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो चरणको छनोट खेलहरु आगामी अप्रिल ३ देखि ११ सम्म हुनेछ ।











