ज्योति विकास बैंकको आज साधारणसभा

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, १४ फागुन । ज्योति विकास बैंकको आइतबार साधारणसभा बस्दैछ । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्दै छ। आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ ।

बैंकले माघ २९ गतेदेखि बुक क्लोज गरिसकेको र माघ २८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
उक्त सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र ३.८ प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।

साथै आर्थिक वर्ष २०७९–८० को एजेन्डा भने लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रम निर्धारण गर्ने छ भने उक्त सभामा बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने प्रक्रिया अथवा प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्