हिमालयन बैंक र सिभिल बैंकको शुक्रबारदेखि संयुक्त कारोबार सुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन १२ । हिमालयन बैंक र सिभिल बैंकले शुक्रबारदेखि संयुक्त कारोबार सुरु गरेका छन् ।

हिमालयन बैंकले सिभिललाई गाभेर एकीकृत कारोबार शुरु गरेको हो । सिभिल बैंक १०० कित्ता शेयर बराबर हिमालयन बैंकमा ८०.२८ कित्ता हुने गरी मर्जर भएको हो । मर्जरपछि स्थापित बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ ।

कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ पुगेको हो । मर्जरपछि अब हिमालयन बैंकको शाखा सञ्जाल १८९ पुगेको प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिनुभयो ।

हिमालयन बैंक र सिभिल बैंकबीच गएको असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्