‘स्पट फिक्सिङ’ आरोपमा आदील र महबुबसहित ५ जनाविरुद्ध मुद्दा दर्ता

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ८ फागुन । नेपाल टी–२० क्रिकेट लिगमा स्पट फिक्सिङ गरेको भन्दै राष्ट्रिय टोलीका सदस्य मोहमद आदिल अन्सारी र राष्ट्रिय टोलीका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

सरकारी वकिल कार्यालय काठमाण्डौले आज सोमवार आदिल र महबुबसहित पाँच जनाविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता गरेको हो । पाँच जनामध्ये तीन जना खेलाडी रहेका छन् । खेलाडीहरू आदिल, महबुब र नितेश गुप्ता भन्ने नितेश साहलाई तीन वर्ष कैद र पचास हजार रुपैयाँसम्म जरिबाना माग गरिएको छ । उनीहरू तीनै जनालाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरिसकेको छ ।

त्यस्तै स्पट फिक्सिङ मा संलग्न नवीन कँडेल र रवि माफीलाई पनि उही कारबाही माग गरिएको छ । उनीहरू दुवै जना फरार छन् ।

गएको पुस ९ देखि २७ सम्म काठमाण्डौमा भएको नेपाल टी–२० लिगमा परिणामलाई प्रभावित पार्ने गरी मिलोमतो र अनलाइन सट्टेबाजी भएको सार्वजनिक भएपछि सीआईबीले अनुसन्धान गरेको थियो । सीआईबीले प्रतियोगितामा ुस्पट फिक्सिङु भएको निष्कर्ष निकालेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्