काठमाडौं, ८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागको इन्टरनेट नचल्दा नेपालबाट बाहिर जाने र आउने यात्रुहरू समस्यामा परेका छन् ।
अध्यागमनको सेवा बन्द हुँदा अन्तर्राष्ट्रियतर्फका उडान रोकिएपछि यात्रुहरू समस्यामा परेका हुन् ।
अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेले इन्टरनेटमा समस्या आउँदा काम रोकिएको र सेवा सुरु गर्ने प्रयास भइरहेको बताउनुभयो ।
यसअघि पनि अध्यागमन विभागको सर्भरमा समस्या देखिँदा अन्तर्राष्ट्रियतर्फका उडान रोकिएको थियो ।











