सुनचाँदीको मूल्य स्थिर

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ८ फागुन । नेपाली बजारमा सोमबार सुनचाँदीको कारोबार स्थिर रहेको छ । आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुनको मूल्य १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो ।

यस्तै, साेमबार चाँदीको पनि स्थिर रहेको छ । आइतबार तोलामा १५ रुपैयाँले बढेको चाँदीको भाउ साेमबारको कारोबार भने स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य १२ सय ९० रुपैयाँ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्