१३ अर्ब बढीको ट्रेजरी बिलको राष्ट्र बैंकले बोलकबोल गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ फागुन ।  केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ ।

राष्ट्र बैंकले फागुन १० गते बिक्री हुने ट्रेजरी बिलको बोलकबोल दिउँसो ३ बजेवाट सुरू गर्न लागेकाे हाे  ।  यसअघि नै जारी सुचना अनुसार २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा उक्त ट्रेजरी बिक्री गर्ने भएको हो । बैंकका अनुसार कुल ट्रेजरीमध्ये ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी जारी गर्न लागिएको राष्ट्र बैंकले जनाइसकेको छ ।

खरिदकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् । केन्दीय बैंकले फागुन २ गते ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्