रियल म्याड्रिडलाइ पछयाउँदै बार्सिलोना, रातीको खेलमा २–० को जीत

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ७ फागुन । स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित दर्ता गर्दै शीर्षस्थानको बार्सिलोनाले उपाधी दावी गरेको छ ।्र

रियलले घरेलु टोली ओसासुनालाई २–० ले पराजित गर्दै शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी ५ मा छोट्याउँदै उपाधि दावेदारी गरेको हो पाम्पलोनामा शनिबार राति भएको खेलमा पाहुना टोली रियलको जितमा दोस्रो हाफमा नै फेडे भाल्भेर्डे र मार्को एसेन्सियोले गोल गरे । प्रतिस्पर्धात्मक खेलको ७८औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए र ८९औं मिनेटमा भिनिसियसले गोल गरेका थिए भिएआरबाट मान्यता पाएन । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित खेलाडी मार्को एसेन्सियोले गोल गर्दै रियलको २–० को अग्रता दिलाए ।

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलको २२ खेलबाट ५१ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ५६ अंक छ । पराजित ओसासुना ३० अंक जोडेर १०औं स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्