बि डिभिजन १४ क्लबले एन्फालाई बुझायो ध्यानाकर्षण पत्र

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, २९ माघ ।  अखिल नेपाल फुटबल सङ्घको आयोजनामा चैत्र १५ गते बाट सुरु हुने सहिद स्मारक बि डिभिजन फुटबल लिग प्रतियोगिता २०७९ को लागि सहभागी १४ क्लबले ध्यानाकर्षण पत्र बुझाएका छन्।

अखिल नेपाल फुटबल सङ्घ एन्फाका महासचिव किरण राईलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा ध्यानाकर्षण पत्र बुझाउँदै सहभागी क्लबले यो सिजनको लिग खेल्न नसक्ने जानकारी पनि गराए।

बि डिभिजन  क्लबका संयोजक कुमार राज भण्डारीले बि डिभिजन क्लबलाई गत सिजन कै भुक्तानी नपाएको अवस्थामा  यो सिजनको पनि तयारी खर्च बापत पाउनु पर्ने रकम नपाएको र पैसा नपाए सम्म लिग खेल्न नसकिने जानकारी गराउनु भयो।

बि डिभिजन क्लबहरू ब्रिगेड ब्वाइज क्लब ,मध्यपुर यूथ एसोसिएसन ,नयाँबस्ती युवा क्लब,बाँसबारी क्लब,श्री कुमारी क्लब ,सरस्वती यूथ क्लब ,वीरगन्ज युनाइटेड क्लब ,श्री टुसाल युवा यूथ क्लब ,ब्वाइज युनियन क्लब ,आर सि टि ,श्री भगवती क्लब ,च्यासल यूथ क्लब ,झापा फुटबल क्लब , प्लानिङ ब्वाइज युनाइटेड क्लब ले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन् ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्