मुलुकको चूनौति र समस्याका लागि सत्ता गठबन्धनलाई टिकाएर लैजानुपर्ने एमालेको निष्कर्ष

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ २६ । नेकपा एमालेले मुलुकको चूनौति र समस्यालाई समाधान गर्नका लागि सत्ता गठबन्धनलाई टिकाएर लैजानुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले जनतामा बढ्न थालेको निराशा लगाएत मुलुकको चूनौति र समस्यालाई समाधान गर्नका लागि सत्ता गठबन्धनलाई टिकाएर लैजानुपर्ने निष्कर्ष निकालेको हो ।बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा बिश्लेषण भएको र पुष १० गते एमाले माओवादी लगाएतकादल मिलेर बनेको नयाँ कोर्ष देशको हितमा रहेको र बिभिन्न चूनौति र समस्यामा बाबजुद सत्ता गठबन्धनलाई टिकाएर लैजानुपर्ने संकल्प गरेको बताउनुभयो ।

ज्ञवालीले अहिले रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राखेको अवस्थामा उपयुक्त वातावरण बनाएर सरकारमा ल्याउने प्रयास जारी रहेको जानकारी दिनुभयो । बैठकले पार्टी सुदृढीकरण र विस्तारका लागि दुई महिने विशेष अभियान सञ्चालन गर्ने र उक्त अभियानको नाम मिसन ग्रास रुट राखिएको ज्ञवालीले बताउनुभयो । अभियानअन्तर्गत पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई बिभिन्न पालिकामा खटाइने उहाले बताउनुभयो ।

बैठकले प्रदेश नंवर १ को इन्चार्जमा राजेन्द्र गौतम, धुनुषा जिल्लाको इन्चार्जमा शिला यादव, अर्थयोजना बिभागको इन्चार्जमा डा बिन्दा पाण्डे र अपाङ्गता हेर्ने बिभागमा पार्वत गुरुङलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्