न्यु डायमण्ड अपराजित रहदै फाइनलमा प्रवेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ माघ । न्यु डायमण्ड स्पोर्ट्स क्लब अपराजित रहदै छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार एपीएफ क्लबलाई ३–१ को सेटमा हराएर डायमण्डले अपराजित रहदै फाइनलमा स्थान बनाएको हो ।

एपीएफमाथि न्यु डायमण्डले २५–२१, २५–१९,२१–२५ र २५–२१ ले हराएको हो । यस जितसँगै न्यु डायमण्डले ३ खेलमा ९ अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै फाइनलमा प्रवेश गरेको छ । एपीएफ पनि दोस्रो स्थानमा रहेर फाइनल पुगेको छ । एपीएफले ३ खेलमा ६ अंक जोड्यो । प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्