काठमाडौं, २३ माघ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ ।
हिजो तोलाकाे १ लाख ४ हजार १ सय रुपैयाँमा काराेबार भएकाे छापावाल सुन आज १ लाख ४ हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
सुनको भाउ बढे पनि आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज तोलामा १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।









