काठमाण्डौँमा आफ्नै छोरीको हत्यापछि बाबुद्वारा आत्महत्या

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ माघ । काठमाण्डौँमा आफ्नै छोरीको हत्या गरेर बुबाले  पनि आत्महत्या गरेका छन् ।  राजधानीको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा बाबु किशोर भण्डारीले आफ्नै सात वर्षीया छोरीको हत्यापछि  आत्महत्या गरेका हुन् ।

रामेछापको खाँडादेवी स्थायी घर भइ फार्मेसी सञ्चालन गर्दै आएका भण्डारीले छोरीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।
छोरीको घाँटी रेटेर हत्यापछि आफूले पनि पासो लगाएर आत्महत्या गरेको फेला परेकाे प्रहरीकाे भनाइ छ । टंकप्रसाद मार्गस्थित डेरामै दुबै जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

अहिले प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको जनाएकाे  छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्